Sunday, June 25, 2017  |    

प्रम दाहालद्वारा राष्ट्रपति मुखर्जीलाई नेपाली खानाको रात्रि भोज

प्रकाशित मिति: 2016/11/04

कार्तिक १९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय राष्ट्रपतिको सम्मानमा हिजो राती रात्रीभोजको आयोजना गरे । यो रात्रीभोज, राष्ट्रपति विद्या भण्डारीले आयोजना गरेको भन्दा धेरै फरक देखियो । फरक, सहभागीका कारणले भन्दा पनि खानाका कारणले ।

राजधानीको द्वारिका होटलमा आयोजना गरिएको रात्रिभोजमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, डा बाबुराम भट्टराई, लोकेन्द्रबहादुर चन्द, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी, उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा, मुख्यसचिव डा सोमलाल सुवेदीलगायत उपस्थित थिए । प्रधानमन्त्री दाहालले राष्ट्रपति मुखर्जीलाई स्वागत गर्नुभएको थियो । रात्रिभोजमा भारतका तर्फबाट राष्ट्रपति मुखर्जीको भ्रमण टोलीका उच्च अधिकारीहरू, भारतका लागि नेपालका राजदूत रणजित रायलगायतको उपस्थिति थियो ।

रात्रीभोजमा सहभागी प्रधानमन्त्री कार्यलयका कर्मचारीका अनुसार भारतीय राष्ट्रपति मुखर्जीले नेपाली खाना निकै राम्रो भएको प्रतिक्रिया दिएका थिए । यस अघि राष्ट्रपति विद्यादेवि भण्डारीले होटल साल्टीमा रात्रीभोजको आयोजना गरेकी थिइन् । जहाँ युरोपियन शैलीको खाना राखिएको थियो ।

रात्री भोजको समयमा भारतीय राष्ट्रपति मुखर्जी र एमाले अध्यक्ष ओलीले धेरैवेर भिन्दै कुराकानी समेत गरेका थिए ।

तपाईंको बिचार