Wednesday, May 24, 2017  |    

नेपाली चेली ‘एड्भेन्चर्स अफ द इयर’ अर्वाडको मनोनयन

प्रकाशित मिति: 2016/11/04

कार्तिक १९, काठमाडौं । नेपाली अल्ट्रा धाविका मीरा राई नेशनल जियोग्राफी च्यानलको एड्भेन्चर्स अफ द इयर अवार्डको मनोनयनमा परेकी छन् ।

हरेक वर्ष वितरण गरिने एड्भेन्चर्स अफ द इयर अवार्डको १२औं संस्करणका लागि नेशनल जियोग्राफीले विश्वभरका साहसी खेलसँग आवद्धहरुमध्ये १० जनालाई मनोनयन गरेको छ ।

विश्वभरबाट आउने भोटको आधारमा विजेता घोषणा गरिनेछ । भोजपुरकी मीराले दुई बर्षदेखि अल्ट्रा रनरको रुपमा राष्ट्रिय अन्तर्रा्ष्ट्रिय प्रतियोगिताहरुमा निक्कै सफलता पाएकी छिन् ।

मीरासँगै अन्य साहसी खेलमा सफलता पाएका खेलाडीहरु मनोनयमा राखिएका छन् । उनीहरुलाई नेशलन जियोग्रफिकको आधिकारीक वेवसाइटमार्फत भोट दिन सकिनेछ ।

भोटिङ नोभेम्बर ३ देखि सुरु भइसकेको छ भने आगामी डिसेम्बर १६ मा सकिने छ । भोटको नतिजा अर्थात बिजेताको घोषणा सन् २०१७ को जनवरीमा गरिनेछ ।

तपाईंको बिचार