Tuesday, November 21, 2017

आज तराईमा लोडसेडिङ छैन

प्रकाशित मिति: 2016/11/06

कात्तिक २१, काठमाडौं । आज तराईमा लोडसेडिङ नहुने भएको छ । तराईवासीको ठूलो पर्व छठलाई लक्षित गरेर नेपाल विद्युत प्राधिकरणले तराईमा लोडसेडिङ नगर्ने जनाएको छ ।
तराईमा भएका अधिकांस उद्योगहरु छठमा बन्द हुने भएकाले विद्युतको व्यवस्थापन गर्न कठिन नभएको  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।
 छठका समयमा तराईका उद्योगहरु बन्द हुने भएपनि केही बिजुली नपुग्ने भएकाले भारतबाट हुने आयात केही बढाउनुका साथै पहाडका केही स्थानको बिजुली कटौती गरेरै भएपनि लोडसेडिङ नहुने बताए ।
छठको साँझ तराईमा झिलिमिली बत्ती बालिने हुँदा आइतबार तराईमा विजुलीको माग अत्यधिक हुन्छ । विद्युत प्राधिकरणले तीन हप्तादेखि काठमाडौंको लोडसेडिङ पनि हटाएको छ । उपत्यकामा पूर्णरुपमा लोडसेडिङ हटाउने पाइलट प्रोजेक्टका रुपमा अहिले लोडसेडिङ हटाइएको घिसिङले बताए ।

 

तपाईंको बिचार