Friday, October 20, 2017

अंगीकृतलाई राष्ट्रपति, प्रधानमन्त्री बनाइँदैन :प्रधानमन्त्री

प्रकाशित मिति: 2016/11/06

कात्तिक २१, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अंगीकृत नागरिकता लिएका व्यक्तिहरु राष्ट्रपति वा प्रधानमन्त्री लगायतका महत्वपूर्ण पदमा नियुक्त हुनै नसक्ने बताएका छन् ।
संविधान संशोधनको प्रस्ताव तयार पार्ने गृहकार्य भइरहेको भए पनि राष्ट्रपति र प्रधानमन्त्री जस्ता पदहरुमा अंगीकृत नागरिकलाई चुनिन पाउने अधिकार दिनै नसकिने प्रधानन्त्री प्रचण्डले स्पष्ट पारे ।
प्रधानमन्त्रीले भने, ‘राष्ट्रपति, प्रधानमन्त्रीजस्ता महत्वपूर्ण पदहरु अंगीकृत नागरिकलाई दिइनुहुँदैन ।’

संविधान संशोधनलाई ओझेलमा पार्ने षडयन्त्रः पम्फा

यसैवीच माओवादी प्रवक्ता पम्फा भुसालले पनि संविधान संशोधन गर्दा अंगीकृत नागरिकलाई राष्ट्रपति र प्रधानमन्त्री बनाउन नसकिने बताइन् ।
राष्ट्रपति, प्रधानमन्त्री, सेनाप्रमुख, प्रहरी प्रमुख एवं संवैधानिक अंगका प्रमुखहरुमा अंगीकृत नागरिकलाई अधिकार दिने प्रश्नै आउँदैन । अन्तरिम संविधानमा पनि यस्ता प्रमुख पदहरुमा अंगीकृतलाई अधिकार दिइएको छैन ।

संविधान संशोधनका क्रममा अंगीकृत नागरिकलाई राष्ट्रप्रमुख बनाउन लागियो भन्ने प्रचार गरेर विखण्डवादीहरुले चलखेल गरेको भुसालले आरोप लगाइन् ।    

 

तपाईंको बिचार