Monday, July 24, 2017  |    

छठको मुख्य दिन आज अस्ताउँदो सुर्यलाई अर्घ्य दिईदै,नदी तलाउमा भक्तजनको भिड

प्रकाशित मिति: 2016/11/06

कात्तिक २१, काठमाडौं । छठका लागि देशैभरका नदी, पोखरी र तलाउ किनारा छठीमाई र सूर्य भगवानको पुजाआराधनाका लागि सजाइएको छ ।
काठमाडौंको कमलपोखरीलाई पनि छठका लागि विशेष रुपमा सजाइएको छ । काठमाडौंका अन्य पोखरीहरुमा पनि छठको तयारी पुरा गरिएको छ ।
यसवर्ष रानीपोखरी पुननिर्माण भइरहेकाले प्रायः भक्तजनहरु छठको मुल पुजाका लागि कमलपोखरीमा पुगेका छन ।
विगतमा छठमा रानीपोखरी नै काठमाडौंका छठ मनाउनेहरुको केन्द्र हुन्थ्यो ।

 
अर्घ्य दिनका लागि रानीपोखरीमा सहज स्थान र पर्याप्त पानी छैन । तर, पनि त्रिचन्द्र क्याम्पसपट्टी सामान्य व्यवस्थापन गरिएको छ ।  

दिउँसैदेखि पुजाको तयारीका लागि धेरै भक्तजनहरु कमलपोखरी पुगेका छन् । बेलुकीको समय हुँदै गर्दा कमलपोखरीमा भक्तजनको भीड बढ्दो छ ।
साँझ सुर्यास्त हुने समयमा अर्घ्य दिन भक्तजनहरु नदी, तलाउ र पोखरी किनारमा आफ्ना पुजा सामग्रीसहित पुगेका छन ।

 

तपाईंको बिचार