Friday, July 28, 2017  |    

कर्मचारीले अदृश्य र अनियमित रूपमा बिजुली वितरण गर्दा लोडसेडिङ भएको खुलासा

प्रकाशित मिति: 2016/11/07

कात्तिक २२, काठमाडौं । विद्युत प्राधिकरणले जिम्मेवार तहमा रहेका केही अधिकारीले ‘लुकाएर वितरण गरेको’ बिजुली लोडसेडिङको दायरामा ल्याइ सबैलाई समानुपातिक रूपमा आपूर्ति गर्दा राजधानी उपत्यकालगायत देशका प्रमुख स्थानहरूमा लोडसेडिङ तत्कालका लागि हटेको छ ।

काठमाडौं उपत्यकामा दैनिक ९ घन्टासम्म बिजुली आपुर्ति कटौती हुँदै आएकोमा त्यसलाई ‘व्यवस्थित गरिएकाले लोडसेडिङ कम भएको प्राधिकरणले जनाएको छ । समानुपातिक रूपमा बिजुली आपूर्ति मात्र गरेर भाँडोमा भएको बस्तुलाई बराबरी बाड्दा लोडसेडिङ हालका लागि हट्यो ।

प्राधिकरणको भारप्रेषण केन्द्रले बिजुलीको स्रोत कमी भएको भन्दै केही ठूला उद्योगलाई लोडसेडिङ नहुने गरी अनियमित रूपमा बिजुली आपूर्ति गर्दै आएको थियो । अनवरत बिजुली पाउने उद्योगको नाम नलिईकन ’व्यवस्थापन’ मात्र गरिएको थियो । तर प्राधिकरणका एकजना इलेक्ट्रिकल इन्जिनियरका अनुसार केन्द्रका केही कर्मचारीले अदृश्य र अनियमित रूपमा बिजुली वितरण गर्दै आएकोमा तिनलाई धमाधम लोडसेडिङको दायरामा ल्याउने कार्य भइरहेको बताए ।

देशभर २४ घन्टामा २२ घन्टा सात सय मेगावाट बिजुलीको माग हुन्छ । कुल उच्चतम माग एक हजार पाँच सय मेगावाटको बिजुली माग करिब दुई घन्टाका लागि मात्र हुँदै आएको छ । देशभर करिब तीन सय मेगावाटको बिजुली अभावलाई माग व्यवस्थापन र लोड सिफ्ट (भार स्थानान्तरण) गर्दै व्यवस्थित गरिएको हो । उचित व्यवस्थापन गर्न सकेको भए गत जेठदेखि नै देशलाई लोडसेडिङमुक्त गर्न सकिने प्राधिकरणका निर्देशकले बताएका छन् ।

तपाईंको बिचार