Friday, October 20, 2017

शेरबहादुरले सुजतालाई भने, उपचारका लागि जग्गा बेच्नुपर्दैन

प्रकाशित मिति: 2016/11/07

कात्तिक २२, काठमाडौं । स्तन क्यान्सरबाट पीडित बनेकी सुजाता कोइरालाले निजी जग्गा बेचेर उपचार गर्न खोज्दा पार्टी सभापति शेरबहादुर देउवाले रोकेका छन् ।

भीआइपीहरुको उपचार खर्च राज्यले नै व्यहोर्दै आएकाले जग्गा बेचेर उपचार गर्नु नपर्ने भन्दै देउवाले सुजातालाई रोकेका हुन् । सभापति देउवाले प्रधानमन्त्री प्रचण्डसँग कुरा गरेर आफूले उपचार खर्च जुटाइदिने आश्वासन दिएपछि यतिबेला सुजाताले जग्गा विक्री गर्ने योजना थाती राखेकी छिन् ।
सुजाताले क्यान्सरको उपचारका लागि सरकारसँग एक करोड रुपैयाँ मागेको चर्चा छ ।
कोइरालानिकट स्रोतको दाबी के छ भने सुजाताले आफैं सरकारसँग उपचार खर्च मागेकी होइनन, पार्टी सभापति शेरबहादुर देउवा र गृहमन्त्री विमलेन्द्र निधीले नै सरकारबाट उपचार खर्च जुटाउन पहल गरिदिने बताएपछि उनले त्यसमा सहमति जनाएकी हुन् ।

मलेसिया भ्रमणका बेला उतै शल्यक्रिया गरेर स्वदेश फर्केकी सुजातालाई पार्टी सभापति देउवाले सरकारी कोषबाटै उपचार खर्च लिई उपचार गर्न भनेको स्रोतको भनाइ छ ।

भेटघाट बन्द

यसैवीच भारतस्थित टाटा मेमोरियल क्यान्सर अस्पतालबाट रिपोर्ट आइसकेपछि सोमबार बिहानदेखि सुजाता कोइरालाले आगन्तुकहरुसँगको भेटघाट बन्द गरेकी छिन् । मानिसहरुसँग भेटघाट गर्दा ‘इन्फेक्सन’ हुने डाक्टरको सुझावपछि उनले व्यक्तिगत भेटघाट गर्न छाडेकी हुन् ।
मलेसिया भ्रमणमा गएका बेला विरामी परेर जाँच गराउँदा कोइरालामा स्तन क्यान्सरको लक्षण देखिएको हो । त्यही अप्रेशन गरेर फर्केकी उनी पुनः तीन दिनपछि थप उपचारका लागि सिंगापुर जाने तयारीमा छिन् ।

 

तपाईंको बिचार