Thursday, April 27, 2017  |    

५३ बर्षे पोर्चुगिज नागरिकको हृदयघातबाट मृत्यु/मृतक बसेको होटल अझै पत्तो लागेन

प्रकाशित मिति: 2016/11/07

कार्तिक २२, काठमाण्डौ । नेपाल भ्रमणमा आएका एक पोर्चुगिज नागरिकको हृदयघातका कारण मृत्यु भएको छ ।
नोभेम्बर १ तारिकका दिन ५३ बर्षिय पोर्चुगिज नागरिक काठमाण्डौ बिमानस्थल उत्रिएका थिए । नोभेम्बर २ तारिकका दिन ठमेलस्थीत होटल हिमालयन जाभामा कफी पिउन गएका बखत अकस्मात बेहोस भएपछि जाभामा कार्यरत कर्मचारीले प्रहरीको सहयोगमा टिचिङ अस्पतालमा पुर्याएकोमा उनको निधन भएको हो ।
उनको परिचयपत्रको आधारमा सोह्खुट्टे प्रहरी र पोर्चुगल कन्सुलर कार्यलयको समन्वयमा मृतकको परिवारसँग सम्पर्क गरिसकिएको भएपनि मृतक बसेको होटल अझै पत्तो लाग्न सकेको छैन ।
घट्नाबारे जानकारी दिदै नेपाल एसोसिएसन अफ राफ्टिङ एजेन्सिज नाराका सचिव शिव अधिकारीले मृतक पोर्चुगिज नागरिक बसेको होटल पत्ता नलाग्दा निजको पासपोर्ट र लगेजको टुंगो लाग्न नसकेका कारण मृतकलाई स्वदेश पठाउने कार्यमा कठिनाई उत्पन्न भएको बताउनुभयो ।
सोह्खुट्टे प्रहरी र कन्सुलर कार्यलयले मृतक बसेको होटल खोजी गर्ने कार्य जारी राखेकाले सम्बन्धीत होटल सञ्चालकले समेत सुचना दिई सहयोग गरिदिन प्रहरीले अनुरोध गरेको छ ।

 

तपाईंको बिचार