Friday, August 18, 2017  |    

म्यानपावरलाई १४ लाख जरिवाना

प्रकाशित मिति: 2016/11/08

कार्तिक २३, काठमाडौ । गत आर्थिक बर्षमा वैदेशिक रोजगारीमा गएका नेपाली कामदारलाई ठगी गर्ने १४ म्यानपावर कम्पनीलाई सरकारले १४ लाख रुपैयाँ जरिवाना गरेको छ । वैदेशिक रोजगार विभागले ती म्यानपावरलाई कारवाही गरेको हो ।

विभागले रोजगारीका सिलसिलामा विदेश पठाएर कामदारलाई दुख दिएको भन्दै कारवाही गरको जनाएको छ ।  ३७ करोड रुपैयाँ वरावरको ठगी रकमका लागि २ सय २६ वटा मुद्धा अदालतमा दर्ता भएका छन् । यस्तै, विभागले १० करो ३६ लाख रुपैयाँ ठगीएको रकम सम्वन्धित पीडितलाई उलपव्ध गाइदिएको छ । विभागका अनुसार करिव ५ सय जनाको यो रकम उठायएको हो ।

सो आवमा म्यानपावर कम्पनीवाट ७ सय र व्यक्तिगत दलालवाट एक हजार ४ सय गरि २ हजार १ सय ७२ जना व्यक्ति रोजगारीका नाममा ठगीमा परेका थिए । त्यस आवमा कुल ६९ करोड ५० लाख ९६ हजार रुपैयाँ वरावारको ठगी रकम दावी भएको थियो ।

 

तपाईंको बिचार