Monday, April 24, 2017  |    

कांग्रेस सभापति देउवा र भारतिय प्रधानमन्त्री मोदीबिच भेटवार्ता

प्रकाशित मिति: 2016/11/08

कात्तिक २३, नयाँदिल्ली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।
भेटमा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भेटको पुष्टि गरेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका देउवा इण्डिया फउन्डेसनले गोवामा गरेको कार्यक्रममा भाग लिन गत शुक्रबार भारत भ्रमणमा गएका थिए ।
गोवाको कार्यक्रम सकेर दिल्ली फर्किएका देउवालाई सोमबार भारतीय जनता पार्टीका नेता भगतसिंह कोसियाले भेटेका थिए ।

 

तपाईंको बिचार