Friday, March 24, 2017  |    

तामाकोशीमा सहिद तथा बेपत्तालाई सेयर :प्रधानमन्त्री

प्रकाशित मिति: 2016/11/08

कात्तिक २३, दोलखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहिद परिवारलाई तामाकोसीमा शेयर दिनेबारे सरकारले तयारी गरेको बताएका छन ।

मंगलबार दोलखाको लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोशी आयोजनामा निरीक्षणका  क्रममा प्रधानमन्त्री प्रचण्डले आयोजनाको काम निर्धारित समयभन्दा अघि नै सम्पन्न गर्न निर्देशन दिए ।
आयोजनामा ११ अर्ब जति नेपाल सरकारको ऋण रहेको भन्दै उनले त्यो ऋणलाई अति विपन्न र शहिद तथा वेपत्ता परिवारको शेयरमा बदलि दिनेबारे आफुले गृहकार्य गरेको बताए ।  
माओवादीले यसअघि पनि सहिद तथा वेपत्ता परिवारलाई सरकारले दिने १० लाख राहत अन्र्तगत ५ लाखको तामाकोसीमा शेयर दिनुपर्ने माग गरेको थियो ।

छिटो काम सके पुरस्कार 

प्रधानमन्त्री दाहालले माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काम निर्धारित समयभन्दा अघि नै सम्पन्न गर्न पनि निर्देशन दिए । तोकिएको समयभन्दा अघि नै काम सम्पन्न गरे कर्मचारीहरुलाई पुरस्कृत गर्ने उनले बताए ।
२०७५ असार भनिएको छ, त्योभन्दा ६ महिना अगाडि, ८ महिना अघि वा केहि अगाडि यसलाई सम्पन्न गर्ने  गरी अगाडी बढ्न आग्रह गर्दै दाहालले त्यसवाफत्  उत्प्रेरणाका लागि आवश्यक इन्टेन्सिभ दिन सरकार तयार रहेको बताए । प्रधानमन्त्री प्रचण्डले मंगलबार नै कोशी लोकमार्गको पनि निरीक्षण गरेका छन् । तेह्रथुमको बसन्तपुरदेखि नेपालको उत्तरी नाका जोड्ने कोशी लोकमार्ग १६२ किलोमिटर लामो छ ।

  

तपाईंको बिचार