Thursday, March 23, 2017  |    

अब एक पटक दिएको लिखित परीक्षाले तीनपटक सवारी ट्रायल दिन पाउने

प्रकाशित मिति: 2016/11/10

कात्तिक २५, काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि लगातार ट्रायलमा फेल भएका कारण हैरानी खेप्नेहरुलाई अब एकपटक लिखित परीक्षा पास गरेपछि ३ पटकसम्म ट्रायल दिने मौका पाइने भएको छ ।

मंसिर १ गतेदेखि यो व्यवस्थासहित सवारी लाइसेन्सका लागि परीक्षा फारम वितरण सुरु हुँदैछ । मंसिरदेख अब एकपटक लिखित परीक्षा दिएपछि ट्रायलमा फेल भएपनि ३ पटकसम्म आफुलाई प्रमाणित गर्ने अवसर मिल्ने यातायात व्यवस्था विभागले जनाएको छ ।

एकपटक दिइएको लिखित परीक्षा उत्तीर्ण गरेकाले त्यसको ९० दिनभित्र ३ पटक लिखित परीक्षा पाउने गरी सवारी तथा व्यवस्था नियमावली संशोधन गरिएको छ । यो संशोधित व्यवस्थाअनुसार प्रयोगात्मक परीक्षा ट्रायल दिँदा फेल भएकाले १ महिनापछि फेरि ट्रायल दिन पाउने भएका छन् ।

संशोधनमा लिखित परीक्षा पास गरेका ९० दिनसम्म तीनपटक ट्रायल दिनसक्ने उल्लेख छ । अहिले ट्रायल फेल भएकाले अहिले ९० दिन अर्थात ३ महिनासम्म मौका पाउँदैनन् ।

यसअघिको व्यवस्थाले धेरैलाई सास्ती भएको र अव्यवहारिक देखिएकाले नियमावलीमा संशोधन गरिएको हो । नयाँ व्यवस्थाअनुसार ३ पटकसम्म पनि ट्रायल फेल भएकाले फेरि लिखित परीक्षा दिनुपर्नेछ ।

 

तपाईंको बिचार