Wednesday, August 23, 2017

सावधानः विदेशी गिरोहबाट एटिएम ठगको निशानामा नेपाल

प्रकाशित मिति: 2016/11/11

कार्तिक २६, काठमाडौं । एटिएमबाट गरिने ठगी कसुरमा सजाय कम र बैंकले सञ्चालनमा ल्याएका एटिएम मेसिनमा हुने सहजताका कारण अन्तर्राष्ट्रिय संगठित गिरोहको निशानामा नेपाल रहेको निष्कर्ष प्रहरीले निकालेको छ।

केन्द्रीय अनुसन्धान ब्युरोले एक सातामा पक्राउ गरेका पाँचजना रोमानियन र टर्किसको प्रारम्भिक बयान र उनीहरूको एटिएम ठगी शैलीपछि नेपालका बैंकमा निक्षेपकर्ताको रकम जोखिममा रहेको निष्कर्षमा प्रहरी पुगेको हो। ब्युरोले एटिएम ठगी धन्दामा लागेको आरोपमा बिहीबार दुई टर्किसलाई २६ लाखभन्दा बढी नेपाली रुपैयाँसहित पक्राउ गरेको छ। अघिल्लो शुक्रबार तीन रोमानियन एटिएमा ठगीमा प्रयोग हुने अत्याधुनिक उपकरणसहित पक्राउ परेका थिए।

ुठगीमा संलग्न देशका नागरिकलाई नेपालमा छिर्न नदिन विमानस्थलमै कडाइ गर्ने र नेपालको एटिएम सुरक्षा प्रणाली मजबुत बनाउनुपर्ने देखियो । यहाँ पाइने सहुलियतका कारण एटिएम ठगको निशानामा नेपाल रहेको छ । पक्राउ परेका व्यक्तिका साथबाट बरामद सयौं थान खाली एटिएम कार्ड र उपकरण विमानस्थल भन्सार पार गरेर आएका हुन्।

विभिन्न बैंकका एटिएम बुथहरूबाट नेपाली तथा विदेशीको रकम निकाल्ने गिरोहका टर्कीको राहदानी नम्बर यु १२८७७१८० बाहक ५२ वर्षीय मुहरिम उजुन र राहदानी नम्बर यु १२६७४५८८ बाहक ३२ वर्षीय सेलाहत्तिन याबरलाई ब्युरोले बिहीबार पक्राउ गरेको हो। ब्युरोले एलो प्यागोडा होटल, कान्तिपथबाट उनीहरूलाई पक्राउ गरेको हो । ब्युरोले  उनीहरूको साथबाट एटिएम कार्ड १ सय १३ थान, मोबाइल फोन २ थान, कार्डका पिन लेखिएको कागज ८ पेज र स्वीस घडी १ थान बरामद गरेको छ ।

 

तपाईंको बिचार