Saturday, April 29, 2017  |    

मधेसी मोर्चाद्वारा संसद बैठक बहिष्कार

प्रकाशित मिति: 2016/11/11

कात्तिक २६, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आजको संसद बैठक बहिस्कार गरेको छ ।

तिहार र छठपछि पहिलोपटक शुक्रबार बसेको संसदको बैठक सुरु हुनासाथ संघीय समाजवादी फोरमका अशोक राईले विशेष समय लिएर बोले । सरकार गठन गर्दा तीनबुँदे सहमति भएको भन्दै उनले सहमति कार्यान्वयन हुन नसकेको बताए ।
मुद्दा फिर्ता लिने सहमति भएपनि अझै मुद्दा लगाउने काम भइरहेको भन्दै उनले भने, ‘आन्दोलन गर्न आदेश दिने नेताहरु सरकारको कुर्सीमा बसिरहेका छन् । तर, आन्दोलनको आदेश मान्ने कार्यकर्तालाई थुनिराख्नु औचित्य छैन । अविलम्ब रिहा गर्नुपर्छ ।’

साथै आफूहरुसँग भएको सहमतिअनुसार संविधान संशोधनमा कुनै गृहकार्य नभएको आरोप लगाए । मधेसी मोर्चाका नेता राईले भने, ‘सरकार निदाएर बसेको अवस्था छ । यस्तो स्थितिमा सरकारलाई गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन आवश्यक भएकाले हामी सदनको चालु कारबाहीमा सहभागी हुन असमर्थ छौं ।’
राई बोलेपछि मधेसी मोर्चामा आवद्ध दलका नेताहरु संसद बैठकबाट बाहिरिएका छन् ।
 

 

तपाईंको बिचार