Thursday, March 23, 2017  |    

आफुहरुले भनेबमोजिम संसोधन गर्न प्रचण्डलाई संघिय गठबन्धको १५ दिने म्याद

प्रकाशित मिति: 2016/11/14

कात्तिक २९, काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठवन्धनले आफ्नो सहमतिमा मात्र संविधान संशोधन विधेयक दर्ता गर्नुपर्ने भन्दै सरकारलाई थप १५ दिनको समय दिएको छ ।
उपेन्द्र यादव नेतृत्वको गठवन्धनले सोमबार विहान सिंहदरवार पुगेर प्रधानमन्त्री प्रचण्डलाई स्मरण पत्र बुझाएको छ ।
स्मरण पत्र बुझाउँदै यादवले आफूहरुको सहमतिमा मात्र संविधान संशोधन विधेयक दर्ता गर्नुपर्ने बताए । बरु कात्तिक मसान्त भनेको ठाउँमा १५ दिन थप समय लिन समेत उनले आग्रह गरे । यादवले सीमांकनको विषय अहिले नै टुंग्याउनु पर्ने भन्दै आयोग गठनको प्रस्ताव मान्य नहुने बताएका छन् ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले भने आफू केही दिनमा नै संविधान संशोधन विधेयक दर्ता गर्ने तयारीमा रहेको बताए । आफूले २५ गते नै संशोधन प्रस्ताव दर्ता गर्न चाहेको तर, कांग्रेस सभापतिले तरुण दलको महाधिवेशनसम्म कुर्न आग्रह गरेको उनले सुनाए ।
प्रधानमन्त्री प्रचण्डले सबैलाई सहमति गराएर मात्र संशोधन प्रस्ताव दर्ता गराउन लाग्ने हो भने सम्भव नहुने बताए । आफू एक समय ३० दलीय मोर्चाको संयोजक रहेको र त्यहाँको भावना आफूले बुझेको भन्दै उनले सबैलाई चित्त बझ्ने गरी प्रस्ताव ल्याउने बताए ।
 

 

तपाईंको बिचार