Monday, August 21, 2017  |    

कुन क्षेत्रमा चल्छन साझाका नयाँ बस ?

प्रकाशित मिति: 2016/11/14

कात्तिक २९, काठमाडौं । साझा यातायातले नयाँ खरिद गरेका बसहरु चलाउन रुटहरु तय गरेको छ । जसमा एउटा नयाँ रुट छ भने अन्य भने पुरानो रुट विस्तार गरेर ४ वटा रुट तोकिएको हो ।
रुट तय गरेर यातातात व्यवस्था विभागसँग अनुमति मागिएको साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेयले जानकारी दिए । उनका अनुसार सबै रुटमा बस चलाउन आवश्यक तयारी पुरा भएको छ ।
अब रुट इजाजत पाउनासाथ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट बस सेवाको औपचारिक सुरुवात गर्ने उनले बताए । साझाले काठमाडौं महानगरपालिको सेयर स्वामित्वका ३० नयाँ बस किनेर ल्याएको छ ।

साझाले सञ्चालन गर्ने ४ वा रुट निम्नअनुसार छन् ।

रुट नम्बर १ः लगनखेलबाट जाउलाखेल(कुपण्डोल(त्रिपुरश्वर(नेपाल बायुसेवा निगम (एनएसी)(जमल(लैनचौर(लाजिम्पाट(पानीपोखरी(टिचिङ(नारायणगोपालचोक(बसुन्धरा(सामाखुसी(नयाँबसपार्कसम्म । यो रुटबाट गएका बस फेरि सोही रुटबाट फर्किनेछन् । यो रुटमा १० वटा बस चल्नेछ ।

रुट नम्बर २ः एयरपोर्ट्भित्रबाट तिलगंगा(गौशाला(रातोपुल(ज्वयनभवन(डिल्लीबजार(चारखाल(बागबजार( पुरानो बसपार्क( सहीदगेट( एनएसी(न्युरोडगेट(जमल(लैनचौर( ठमेल( सोह्रखुट्टे(नयाँ बजार(बनस्थली(बालाजुचोक(बाइपास(नयाँबसपार्कसम्म बस चल्नेछन् । यो रुटबाट गएका बस पनिसोही रुटबाट फर्किनेछन् । यो रुपमा साझाका १० वटा बस चल्नेछन् ।

रुट नम्बर ३ः यो पूर्ण रुपमा नयाँ रुट हो । कोटेश्वरबाट तीनकुने(मनिभवन(नयाँबानेश्वर(बबरमहल(माइतिघर(सिंहदरबार(सहीदगेट(त्रिपुरेश्वर(टेकु(कालीमाटी(सोल्टीमोड(रवीभवन(कलंकी(सीतापाइला( स्वयम्भुसम्म साझाले बस चलाउँदैछ । यो रुटबाट गएका बस फेरि सोही रुटबाट फर्किनेछन् । यसमा पनि १० वटै बस चल्नेछन् ।

रुट नम्बर ४ः यो रुटको बस ग्वार्कोबाट छुट्नेछ । बीएण्डबी हस्पीटल(सातदोबाटो(पाटन औद्योगिक क्षेत्र( लगनखेल(जाउलाखेल(कुपण्डोल(त्रिपुरश्वर(नेपाल बायुसेवा निगम (एनएसी)(जमल(लैनचौर(लाजिम्पाट(पानीपोखरी(टिचिङ(नारायणगोपालचोक(गंगालाल हस्पीटल(न्युरो हस्पीटल(गोल्पुटार(हात्तिगौंडा(चपली हुँदै नारायणथानसम्म्म साझा बस सञ्चालन हुनेछ । यो रुटबाट गएका बस पनिसोही रुटबाट फर्किनेछन् । यो रुटमा ८ वटा बस चल्नेछन् ।
 

 

तपाईंको बिचार