Friday, October 20, 2017

कालीकोटका कुपोषित बालबालिकाको अवस्था बुझ्न प्रधानमन्त्रीको निर्देशन

प्रकाशित मिति: 2016/11/15

कात्तिक ३०, काठमाडौं । कालीकोटमा कडा कुपोषणको शिकार भएका बालवालिकालाई सहयोगका लागि प्रस्ताव ल्याउन प्रधानमन्त्री कार्यालयले स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ ।
कालीकोटमा कडा कुपोषणबाट ३३३ वालवालिका प्रभावित भएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री कार्यालयको ध्यानाकर्षण भएको हो ।
प्रधानमन्त्री कार्यालयले कालीकोटका ३३३ वालवालिकाका बारेमा के गर्न सकिन्छ, प्रस्ताव ल्याउन स्वास्थ्य सचिवलाई निर्देशन दिएको छ ।
गत साउन अन्तिम सातादेखि कडा कुपोषण व्यवस्थापन कार्यक्रम लागू भएपछि जिल्ला जनस्वास्थ्य कार्यालयले ६ महिनादेखि ५ बर्ष उमेरसमूहका ३३३ जना बालबालिका कडा कुपोषणको शिकार भएको पहिचान गरेको थियो ।

जनस्वास्थ्य कार्यालय कालीकोटले उनीहरुको सम्बन्धित उपचार केन्द्रहरुमा उपचार भइरहेको जनाएको छ । तीमध्ये एक बालक र एक बालिकाको भने गत कात्तिक २४ र २६ गते मृत्यु भइसकेको छ ।

 

तपाईंको बिचार