Monday, October 23, 2017

संसोधन प्रश्ताब तत्काल अघि बढाउन प्रधानमन्त्रीलाई मोर्चा नेताको आग्रह

प्रकाशित मिति: 2016/11/15

कात्तिक ३०, काठमाडौं । संघीय गठवन्धनले १५ दिने म्याद दिएको प्रति असन्तुष्टी जनाउँदै गठबन्धनका एकजना शीर्ष नेताले प्रधानमन्त्री प्रचण्डलाई भेटेर संविधान संशोधनमा अघि बढ्न भनेका छन् ।
उपेन्द्र यादवले प्रधानमन्त्रीलाई १५ दिन म्याद दिएकोमा चित्त नबुझेको भन्दै मोर्चाका नेताले संविधान संशोधनको प्रस्ताव तत्कालै अघि बढाउन बालुवाटारमै पुगेर आग्रह गरेका हुन् ।  
स्रोतका अनुसार मधेसी मोर्चाका नेताहरु प्रधानमन्त्री प्रचण्डसँग निरन्तर सम्पर्क र सम्वादमा छन् ।

संघीय गठवन्धनले स्मरण पत्र बुझाउनु केही दिनअघि मात्रै मधेसी मोर्चाका तीन नेता महन्थ ठाकुर, राजेन्द्र महतो र महिन्द्र राय यादवले प्रधानमन्त्रीलाई भेटेका थिए ।
उपेन्द्र यादवले स्मरणपत्र बुझाएको भोलिपल्टै मंगलबार पनि मोर्चाका नेता महिन्द्र राय यादवले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डलाई भेटेका छन् ।
मधेसी मोर्चासहितको गठवन्धनको संयोजक संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव छन् । र, उनले आफूहरुको सहमतिमा मात्रै संशोधन विधेयक दर्ता गर्नुपर्ने माग राखेका छन् । सोमबार प्रधानमन्त्री प्रचण्डलाई स्मरण पत्र बुझाउने क्रममा गठवन्धनले संविधान संशोधन विधेयक दर्ता गर्न थप १५ दिनको समय दिएको छ ।
जब कि मधेसी मोर्चाले कात्तिक मसान्तभित्र संविधान संशोधन विधेयक दर्ता गर्न दबाव दिँदै आएको थियो । यही वीचमा उपेन्द्र यादवले १५ दिने समय दिएकोमा मधेसी मोर्चाका अन्य नेताहरु सन्तुष्ट छैनन् ।

स्रोतका अनुसार मधेसी मोर्चाका नेताहरुले छिटो संविधान संशोधन दर्ता गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।   पहिल्यै सहमति विमति हुनुपुर्छ भनेर आफुहरुले नभनेको स्रोतको दाबी छ ।
तराई मधेस सदभावना पार्टीका अध्यक्ष महिन्द्र यादवले पनि प्रधानमन्त्रीलाई भेटेको स्वीकार गरे । आफूहरुले प्रधानमन्त्रीलाई २६ बुँदे माग बुझाएको भन्दै यादवले त्यसलाई सम्बोधन गर्ने गरी संविधान संशोधन विधेयक दर्ता होस् भनेर आफूले प्रधानमन्त्रीलाई भनेको बताए ।
 

 

तपाईंको बिचार