Monday, August 21, 2017  |    

तरुण दलको अध्यक्षमा जीतजंग बस्नेतको नाममा सहमति

प्रकाशित मिति: 2016/11/15

कार्तिक ३०, काठमाण्डौ । तरुण दलको अध्यक्षमा जीतजंग बस्नेत र उपाध्यक्षमा उत्तमकुमार चापागाईंको नाममा सहमति भएको छ । औपचारिक घोषणा हुन बाँकी छ ।
शनिबार महाधिवेशन उद्घाटन गर्न पोखरा आएका कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौला र खुमबहादुर खड्काबीच पदाधिकारीमा सहमति भएको छ । देउवालाई नेतृत्वसहित ३० प्रतिशत, खड्कालाई कोषाध्यक्षसहित १० प्रतिशत, पौडेललाई महासचिवसहित ३० र सिटौलालाई उपाध्यक्षसहित ३० प्रतिशत सदस्यमा कुरा मिलेको छ ।
तरुणको दलको नेतृत्वमा देउवाले बस्नेत र उपाध्यक्षमा सिटौलाले चापागाईंलाई ल्याएका छन् । पौडेल समूहभित्र महासचिवमा कसलाई लैजाने भन्नेमा विवाद भएको छ । पौडेलले भूपेन्द्रजंग शाही, महामन्त्री शशांक कोइरालाले सिद्धार्थ कोइराला र नेता रामशरण महतले रमेश महतलाई महासचिव बनाउनुपर्ने बताएका छन् ।
विधान संशोधन ७५ सदस्यीय कार्यसमिति बनाउन सबै नेताबीच सहमति भएको छ । सबै समूहबाट नाम आएपछि सार्वजनिक हुने भएको छ ।


 

 

तपाईंको बिचार