Monday, December 11, 2017

सर्वेन्द्र खनाललाई उत्कृष्ट अपराध अनुसन्धान पुरस्कार

प्रकाशित मिति: 2016/11/16

मंसिर १, काठमाडौं । महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल उत्कृष्ट अपराध अनुसन्धान पुरस्कारबाट सम्मानित भएका छन्।  ११ औं महानगरीय प्रहरी दिवसको अवसरमा उनलाई प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एक समारोहका वीच सम्मान गरे।

डेढ वर्षदेखि अपराध महाशाखाको प्रमुखमा रहेका खनालले म्याच फिक्सिङ, पेट्रोल पम्पहरुमा हुने गरेको ठगी, बडिखेल हत्याका अभियुक्तलाई पक्राउ गरेका थिए। गुन्डानाइके कुमार घैंटेको इन्काउन्टर गरेका खनालले कसन्ल्ट्यान्सीहरुमा समेत छापा मारेका थिए।

पछिल्लो समय उनले वैदेशिक रोजगारीमा जानेहरुको समस्या सुन्न नयाँ पिल्लर नै गठन गरेका छन् ।

तपाईंको बिचार