Saturday, April 29, 2017  |    

साझा प्रश्ताब तयार गरी संबिधान संसोधन गर्ने तिन दलको निर्णय

प्रकाशित मिति: 2016/11/17

मंसिर २, काठमाण्डौ । प्रमुख तीन दलबीच संविधान संशोधनका बिषयमा अधिकतम सहमति जुटाएर साझा प्रस्ताव तयार गर्ने सहमति भएको छ ।
सत्तारुढ दल कंग्रेस, माओवादी केन्द्र र प्रमुख प्रतिपक्ष नेकपा एमालेबीच प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान बसेको बैठकमा संविधान संशोधनका मुख्य बिषयमा बुँदागत छलफल गरि साझा प्रस्ताव तयार पर्ने सहमति भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले दलीय सहमतिका आधारमा संविधान संशोधनमा सहमति खोज्नुपर्नेमा जोड दिनु्भएको थियो । प्रदेशको सिमाकंन, राष्ट्रिय सभाको गठन, नागरिकता, भाषा आयोग लगायतका बिषयमा बुँदागत छलफल गरि प्रमुख दलले साझा धारणा बनाउने र मधेसी मोर्चासहितको गठबन्धनलाई समेत मान्य हुने गरि सहमतिको प्रयास गर्नेवारे आजको बैठकमा सझदारी जुटेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । बैठकमा जतिसक्दो छिटो साझा प्रस्ताव तयार गरी मधेसी मोर्चासंगको सहमतिमा संविधान संशोधन प्रस्ताव दर्ता गर्नेवारे पनि नेताहरुबीच कुराकानी भएको बताइएको छ । बैठकमा प्रधानमन्त्री दाहाल, कंग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र नीधि लगायतको सहभागिता थियो । मधेसी मोर्चासहितको गठबन्धनले आफ्ना माग सम्वोधनका लागी सरकारलाई १५ दिनको अल्टिमेटम दिएपछि दवावमा परेका प्रधानमन्त्री दाहालले संविधान संशोधनमा सहमति जुटाउने प्रयास स्वरुप तीन दलको बैठक बोलाउनुभएको हो ।
 

 

तपाईंको बिचार