Tuesday, August 22, 2017

डा. गोबिन्द केसी स्वास्थ्य कमजोर बन्दै/आवसिय चिकित्सकद्धारा बिरोध कार्यक्रम सार्वजनिक

प्रकाशित मिति: 2016/11/18

मंसिर ३,काठमाण्डौ । चिकित्सा शिक्षा र सेवा सुधारको माग राख्दै दशौ पटक अनसनरत प्राध्यापक डाक्टर गोविन्द केसीको स्वास्थ्य कमजोर बन्दै गएको छ ।

अनशनको छैठौ दिन आज उहाँको शरीरमा ग्लूकोजको मात्रामा कमी र मुटुको चाल घटबढ हुने समस्या देखिएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । पछिल्लो पटक त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमको डिनमा केशव प्रसाद सिंह नियुक्त भएलगत्तै असन्तुष्टी जनाउदै केसीले अनशन शुरु गर्नुभएको हो । केसीले वरिष्ठताका आधारमा प्राध्यापक जगदिश प्रसाद अग्रवाललाई आईओएमको डिन नियुक्त गर्न माग गर्नुभएको छ ।  साथै चिकित्सा शिक्षा अन्तर्गत एमवीवीएस र बीडीएस कार्यक्रमको शुल्क अघिल्लो वर्ष तोकिए बमोजिम लिन विश्वविद्यालयहरुलाई निर्देशन दिनुपर्ने तथा विगतका सहमति कार्यान्वयन गर्नुपर्ने केसीका माग छन । नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, सरकारी अस्पतालमा निशुल्क भर्नाको सुनिश्चितता गर्नुपर्ने, प्रत्येक प्रदेश वा क्षेत्रमा कम्तिमा एउटा मेडिकल कलेज, डेन्टल तथा नर्सिङ कलेज खोल्नुपर्ने लगायत माग राख्दै केसी पटक पटक अनसन बस्दै आउनुभएको छ । 
यसैबीच, केसीको अनसनप्रति ऐक्यबद्धता जनाउदै शिक्षण अस्पताल महाराजगंजमा अध्ययनरत आवाशीय चिकित्सकले आगामी आईतबारबाट नियमित  कक्षा बहिष्कार गर्ने भएका छन् ।  नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएशनले बिज्ञप्ती जारी गरी अनसनलाई छिटो भन्दा छिटो निश्कर्षमा पुर्याउन सम्बन्धीत निकायको ध्यानाकर्षणका लागि बिरोधमा उत्रिनु परेको जनाएको छ । साथै एशोसिएशनले भोली बिहान साढे १० बजे अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवाससम्म र्यालीको समेत आयोजना गरेको अध्यक्ष लिजन महर्जनले जानकारी दिनुभयो । 
 

तपाईंको बिचार