Monday, October 23, 2017

बुहारीलाई घुम्टो ओढाएर राख्नेले नियुक्ति नदिएको भनेर बिरोध गर्न सुहाउँदैन :प्रधानन्यायाधीस

प्रकाशित मिति: 2016/11/18

मंसिर ३, काठमाण्डौ । प्रधानन्यायाधीश सुशीला कार्कीले समानुपातिक समावेशीका नाममा आँलोकाँचो व्यक्तिलाई न्यायाधीश बनाउन नसक्ने बताएकी छन् । 

न्यायपालिका जनताको आस्थाको केन्द्र भएकाले न्याय सम्पादन गर्न सक्ने र कानुनमा विज्ञता हासिल गरेका ब्यक्ति मात्र न्यायाधीश हुन सक्ने उनको तर्क छ ।
सप्तरी सदरमुकाम राजविराजमा शुक्रबार बिहान सञ्चारकर्मीहरुसित कुरा गर्दे प्रधानन्यायाधीश कार्कीले   न्यायपालिका समावेशी र समानुपातिक हुनुपर्छ भन्ने कुरामा आफु सहमत  भएपनि न्यायाधीश नियुक्ति गर्दा व्यक्तिको सक्षमता, विज्ञता, अध्ययन कसैलाई ख्याल गरिनुपर्नेमा समावेशी समानुपातिकका नाममा आलोकाँचोलाई न्यायाधीश बनाउन नसकिने बताईन । 
बुहारीलाई घुम्टो ओढाएर राख्ने अनि समावेशी समानुपातिकमा नियुक्ति हुनुपर्छ भनेर नहुने उनको भनाई थियो । न्यायाधीशलाई मन्त्री पदसित दाँज्न नहुने प्रधानन्यायधीश कार्कीले बताइन् ।

न्यायपालिकामा भ्रष्टाचारको विषयमा सोधिएको प्रश्नमा हुँदै नहुने भनेर आफुले दाबी नगर्ने भन्दै बिनाकारण आरोपसमेत लगाइने गरिएको समेत बताईन । भ्रष्टाचार वा घुस लेनदेनमा दिने र लिने दुवै उत्तिकै दोषी रहेको कार्कीले बताइन् । नेपालको न्यापालिकामा अहिले कुनै पनि राजनैतिक प्रभाव नरहेको कार्कीको दाबी छ ।  

तपाईंको बिचार