Saturday, April 29, 2017  |    

फास्ट ट्रयाक’ नेपालकै स्रोतमा निर्माण हुन्छ:मन्त्री लेखक

प्रकाशित मिति: 2016/11/20

मंसिर ५, काठमाण्डौ । काठमाडौं तराई र मधेस जोड्ने द्रूतमार्ग (फास्ट ट्रयाक) नेपाल सरकारले नै बनाउने प्रतिबद्धता दोहोरिएको छ ।
आइतबार संसदको विकास समिति र अर्थ समितिको सिंहदरबारमा बसेको संयुक्त बैठकमा उपस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले ‘फास्ट ट्रयाक’ नेपाल सरकारले नै बनाउने प्रतिबद्धता जनाएका हुन् । भारतीय कम्पनीसँगको निर्माण सम्झौता तोडिएपछि सरकारलाई आफ्नै लगानीमा फास्ट ट्रयाक बनाउने बाटो खुलेको छ ।
मन्त्री लेखकले फास्ट ट्रयाकसम्बन्धी राष्ट्रिय योजना आयोगका उपाध्यक्षको नेतृत्वमा उच्चस्तरीय समिति बनेको भन्दै त्यस समितिले प्रतिवेदन बुझाएपछि फास्ट ट्रयाक निर्माण अगाडि बढ्ने बताएको एमाले सांसद विदुरप्रसाद सापकोटाले जानकारी गराए ।

समिति सभापति र सदस्यहरुले फास्ट ट्रयाक र निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल नेपाल सरकारकै लगानीमा निर्माण हुनुपर्नेमा जोड दिएका थिए ।  

 


 

 

तपाईंको बिचार