Monday, August 21, 2017  |    

राप्रपा एकीकरणपछि संवैधानिक राजतन्त्र र सङ्घीयताका विषयमा महाधिवेशनले टुङ्गो लगाउने

प्रकाशित मिति: 2016/11/20

मंसिर ५, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका पदाधिकारीको अन्तिम बैठकले पार्टी राप्रपासँग एकीकृत भएपछि सशक्त राष्ट्रिवादी शक्तिका रुपमा भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।
पार्टीका अध्यक्ष कमल थापाको निवास विशालनगरमा आइतबार बसेको बैठकले संविधान संशोधनका क्रममा दुवै पार्टीका साझा विषयलाई कायम गराउन नेतृत्वदायी भूमिका खेल्ने जनाएको पार्टी प्रवक्ता राजाराम श्रेष्ठले जानकारी दिए ।
बैठकमा सोमबार हुन लागेको दुई पार्टीको एकीकरण तथा घोषणासभाको तयारीका लागि समेत छलफल भएको छ । दुवै पार्टीबीच संवैधानिक राजतन्त्र र सङ्घीयताका विषयमा महाधिवेशनले टुङ्गो लगाउने तथा नेपाललाई ‘हिन्दू राष्ट्र’ कायम गराउन भूमिका खेल्ने समझदारी गरिएको छ ।
 

 

तपाईंको बिचार