Monday, April 24, 2017  |    

सांसदको दैनिक भत्ता ५ सय थप्नुपर्छ :श्रेष्ठ, प्रमुख सचेतक, कांग्रेस

प्रकाशित मिति: 2016/11/20

मंसिर ५, काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले सांसदहरुको दैनिक बैठक भत्ता बढाउन प्रस्ताव गरेका छन् ।
संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफलमा भाग लिँदै श्रेष्ठले प्रस्तावित ५ सय भत्ता अपर्याप्त भएको बताए । प्रमुख दलहरुसँगको छलफलपछि आफूले यो संशोधन राखेको भन्दै उनले भने, दैनिक भक्ता ५ सय भनिएको छ । त्यसमा ५ सय थपौं ।’
पछिल्लो समय समिति बैठकहरुको खर्च कटौती गरेपछि स्पेशल चिया समेत खान नपाएको उनले बताए ।

सांसदहरुको अहिलेको सुविधा अपुग रहेको भन्दै उनले भने, जसलाई आवश्यक छैन फिर्ता गर्न सक्नुहुन्छ । तर, अधिकतमको आवाजलाई ध्यानमा राखेर यो निष्कर्षमा पुगेका छौं ।’
पैदल भ्रमण भत्ता भने खारेज गर्ने उनको सशोधन छ । सरकारले ल्याएको विधेयकमा सांसदहरुलाई प्रतिकोश २५ रुपैयाँका दलले पैदल भ्रमण भत्ता समेत प्रस्ताव गरिएको छ ।
 

 

तपाईंको बिचार