Thursday, May 25, 2017  |    

माओबादीको राष्ट्रिय कार्यकर्ता भेला टर्दै

प्रकाशित मिति: 2016/11/21

मंसिर ६, काठमाडौं । सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रको राष्ट्रिय भेला स्थानीय तहको चुनावपछि मात्रै हुने भएको छ ।
अध्यक्ष प्रचण्डको निवास लाजिम्पाटमा सोमबार बिहान बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले राष्ट्रिय भेलाको सट्टा स्थानीय तहको चुनावमा केन्द्रित हुने निर्णय गरेको छ ।
प्रचण्ड नेतृत्वको वर्तमान सरकारले आगामी चैतमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरिसकेको छ ।
माओवादी केन्द्रीय कार्यालय सदस्य गिरिराजमणि पोख्रेलका अनुसार अब सबै नेता कार्यकर्ताहरुलाई चुनावको तयारीमा केन्द्रित गरिने छ । त्यसकै तयारीस्वरुप मंसिर ११ र १२ गते पोलिटव्यूरो बैठक बोलाइएको स्रोतले जानकारी दिएको छ । पोलिटव्यूरो बैठकपछि प्रादेशिक भेला तथा प्रशिक्षण गर्ने माओवादीको तयारी छ ।
 

 

तपाईंको बिचार