Friday, June 23, 2017  |    

डा. गोबिन्द केसीको स्वास्थ्य कमजोर बन्दै

प्रकाशित मिति: 2016/11/21

मंसिर ६, काठमाडौं । नौ दिनदेखि आमरण अनसनमा बसेका चिकित्सक डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्न थालेको छ । उनलाई शारीरिक कमजोरी बढ्नुका साथै मांसपेशी र्फकने समस्या भईरहको छ । त्यस्तै गत साता देखापरेको मुटुको चाल घटबढ हुने समस्या फेरि दोहोरिएको छ ।
डा केसीको ब्लड प्रेसर र पल्स पनि घट्दै गएकाले उनलाई रोगको संक्रमण हुने खतरा बढ्दै गएकाले कुनैपनि बेला आकस्मिक उपचारको आवश्यकता पर्नसक्ने उपचारमा संग्लग्न डाक्टरहरुले जनाएका छन् ।

यसैवीच चिकित्सा सेवामा सुधारको माग गर्दै ९ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग नेपाल चिकित्सक संघका अध्यक्ष डाक्टर मुक्तिराम श्रेष्ठले भेटवार्ता गरेका छन् ।
अनसनस्थलमा भएको भेटवार्तामा दुईबीच डा. केसीको आन्दोलन र समस्या समाधानका विषयमा छलफल भएको स्रोतले बतायो ।
डा. केसीसमक्ष डा. श्रेष्ठले आन्दोलनप्रति ऐक्यवद्धता जनाउँदै समस्या समाधानका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भेटमा डा. केसीले चिकित्सक संघसँग आफुले सहयोगका लागि याचना नगर्ने बरु संघ आफैले बोध गरेर चिकित्सा सेवा सुधारको निम्ति लड्नुपर्ने धारणा राखेका थिए ।

 

तपाईंको बिचार