Tuesday, June 27, 2017  |    

वीरगन्जमा योग शिविर सञ्चालन गर्न आएका रामदेबको ढाका टोपी लगाईदिएर स्वागत

प्रकाशित मिति: 2016/11/22

मंसिर ७, काठमाडौं । भारतीय चर्चित योग गुरु रामदेवलाई काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली ढाका टोपी र खादा लगाएर स्वागत गरिएको छ ।

वीरगन्जमा योग शिविर सञ्चालन गर्न नेपाल आएका रामदेवलाई स्वागत गर्न गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतो, पतञ्जली योगपीठ नेपालका शालिग्राम सिंह लगायतका व्यक्ति विमानस्थलमा पुगेका थिए ।
रामदेवलाई नेपाली पन झल्काउन ढाका टोपी र बुद्धमार्गीहरुको पवित्र खतक पहेलो खादा लगाइदिएका थिए ।

ढाका टोपी र खादा लगाएको फोटो ट्वीटरमा पोष्ट गर्दै योग गुरु रामदेवले आफू माता सीता र गौतम बुद्धको पवित्र धार्मिक भूमिमा योगाका लागि पुगेको जनाएका छन् ।
योग गुरु रामदेव वीरगन्जमा योग शिविर चलुन्जेल सिमराको नवनिर्मित इच्छा होटलमा बस्नेछन् । उनी यसअघि २०७२ वैशाखमा काठमाडौंमा योग शिविर सञ्चालन गर्न आएका थिए । उनले शिविर चलाइरहेकै बेला वैशाख १२ गतेको विनाशकारी भूकम्प गएको थियो ।

तपाईंको बिचार