Saturday, June 24, 2017  |    

यथाशीघ्र स्थानीय र प्रदेशको चुनावतर्फ ध्यान जानुपर्छ :पौडेल

प्रकाशित मिति: 2016/11/22

मंसिर ७, जनकपुर । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय सहमति कायम गरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाइने बताएका छन् ।

नेपाल प्रेस युनियन धनुषाद्वारा मंगलबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उनले सङ्घीयता, लोकतन्त्र एवम् समावेशिता जस्ता महत्वपूर्ण उपलब्धिलाई गुमाउने मूर्खता कसैले पनि गर्न नहुने बताए । 
उनले संवादको माध्यमले संविधानको संशोधन र कार्यान्वयन गरी सङ्घीयता र गणतन्त्रलाई सुनिश्चित गर्नुपर्ने आवश्यकतामा जोड दिए । ’राष्ट्रका समस्याको टुङ्गो लगाई यथाशीघ्र स्थानीय र प्रदेशको चुनावतर्फ ध्यान जानुपर्ने उनको भनाई थियो ।

 

तपाईंको बिचार