Monday, May 22, 2017  |    

चार हजार ७ सय कर्मचारीलाई कारबाही गर्न अख्तियार पठाइने

प्रकाशित मिति: 2016/11/23

मंसिर ८, काठमाडौं । चालु आर्थिक बर्षमा ४ हजार ७ सय ४ जना कर्मचारीले आफ्नो बार्षिक सम्पत्ति विवरण नबुझाएको निजामति किताबखानाले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन अनुसार सार्वजनिक पद धारण गरेका प्रत्येक सदस्यले हरेक आर्थिक बर्ष सुरु भएको ६० दिनभित्र आफ्नो सम्पत्ति विवरण पेश गर्नुपर्छ ।
निजामति कर्मचारीले पनि भ्रष्टाचार निवारण ऐनसँगै निजामति सेवा ऐन अनुसार हरेक बर्ष सम्पत्ति विवरण पेश गर्नुपर्ने हुन्छ ।
करिब ८० हजार कर्मचारी रहेको निजामति सेवाका ७८ हजार ९८ जनाले मात्र सम्पत्ति विवरण पेश गरेको किताबखानाले जनाएको छ । किताबखानाले सम्पत्ति विवरण पेश नगर्ने कर्मचारीको विवरण सतर्कता केन्द्रमा पठाएको छ ।
सर्तकता केन्द्रले मंसिर मसान्तभित्र प्रतिवेदन तयार गरी विवरण पेश नगर्ने अधिकारीहरुको नाम अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने सर्तकता केन्द्रले जनाएको छ ।
सर्तकता केन्द्रले सम्पत्ति विवरण नबुझाउने कर्मचारीलाई आवश्यक कारबाही गर्न अख्तियारमा सिफारिस गर्छ ।

तपाईंको बिचार