Friday, April 28, 2017  |    

आचार्य बालकृष्णलाई नेपाल आउने अनुमति

प्रकाशित मिति: 2016/11/23

मंसिर  ८ , काठमाडौं । भारतका चर्चित योगगुरु रामदेवका सहयोगी आचार्य बालकृष्णले नेपाल आउन अदालतबाट अनुमति पाएका छन् ।

उत्तराखण्ड उच्च अदालतले आचार्य बालकृष्णलाई नोभेम्बर २३ देखि ३० सम्म नेपाल भ्रमण गर्ने अनुमति दिएको हो । साथै अदालतले उनलाई नेपालबाट फर्किएपछि सीबीआईलाई जानकारी दिन भनेको छ ।
नक्कली कागजपत्र पेश गरेर भारतीय पासपोर्ट बनाएको भन्दै भारतको सीबीआईले आचार्य बालकृष्णमाथि छानविन गरिरहेको छ । यसका साथै उनलाई भारत छाड्न रोक लगाइएको थियो ।
बालकृष्ण पतंजली योगपीठले बारामा सञ्चालन गर्न लागेको आयुर्बेदिक उद्योग उदघाटनमा सहभागी हुन नेपाल आउन लागेका हुन् । रामदेव भने मंगलबार नै काठमाडौं आइसकेका छन् ।

 

तपाईंको बिचार