Wednesday, June 28, 2017  |    

नवलपरासी जोड्ने प्रश्तावमा देउवाको असहमति, भन्छन–‘यो शशांकको निर्वाचन क्षेत्र हो

प्रकाशित मिति: 2016/11/23

मंसिर ८, काठमाडौं । सरकारले तयार पारेको सीमांकन हेरफेरको प्रस्तावमा सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नै असन्तुष्ट देखिएका छन् ।

उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि समेतको सक्रियतामा तयार पारिएको प्रस्तावमा पाँच नम्बर प्रदेशबाट पहाडी जिल्लाहरु झिकेर नवलपरासीदेखि बर्दियाससम्म बनाउने उल्लेख छ । तर, देउवाले विरोध गरेका छन् ।
बुधबार बालुवाटार बैठकमा देउवाले सिंगो नवलपरासीलाई प्रदेश नम्बर ५ मा राख्न नसकिने बताए ।
बैठकमा सहभागी एक नेताले भने, नवलपरासीलाई लिएर देउवा र विमलेन्द्र निधिकै मत बाझियो ।’
बैठकमा सहभागी महामन्त्री शशांक कोइरालातिर देखाउँदै देउवाले ‘कहाँ हुन्छ ‘ हाम्रो शशांक उठेको क्षेत्र’ भनेका थिए ।

बैठकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले पनि नवलपरासी जोड्ने प्रस्तावको विरोध गरे ।
कांग्रेस नेताहरुको काउन्टरमा मोर्चाका नेताहरुले भने उसो भए झापा, मोरङ, सुनसरी, कैलाली कञ्चनपुरबारे पनि अहिले नै कुरा गरौं भनेका थिए ।
कांग्रेसको तर्फबाट सरकारमा नेतृत्व गरेका गृहमन्त्री निधिले भने समर्थन गरे । उनले धनुषादेखि भन्ने तर ढल्केबर पर्दैन भनेर हुन्छ भन्दै समर्थन गरे । बैठकमा सहभागी कांग्रेस महामन्त्री कोइराला भने मौन बसेका थिए ।

तपाईंको बिचार