Saturday, April 29, 2017  |    

चित्रबहादुर केसी गुडिरहेको माइक्रोबसबाट खसे

प्रकाशित मिति: 2016/11/23

मंसिर ८, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी माइक्रो बसबाट लडेर घाइते भएका छन् ।

भतिज हिरा केसीका अनुसार कपनस्थित पार्टी कार्यालय जाने क्रममा केसी दुर्घटनामा परेका हुन् । केसीको टाउको र ढाडमा चोट लागेको छ । उनको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
केसी माइक्रो बसको ढोका छेउको सिटमा बसेका थिए । घुम्तीमा अचानक लड्न पुगे ।
स्थानीयको सहयोगमा उनलाई अस्पताल लगिएको र अहिले अवस्था सामान्य रहेको जनाईएको छ ।

तपाईंको बिचार