Wednesday, August 23, 2017

गाविस नगरपालिकामा गाभ्न माग राख्दै चक्काजाम

प्रकाशित मिति: 2016/11/28

मंसिर १३, काठमाण्डौ । जिल्लास्तरीय पुनर्संरचना समिति बर्दियाले खैरीचन्दनपुर गाविसलाई गाउँपालिकामा नगाभेको भन्दै स्थानीयले चक्काजाम गरेका छन् । चक्काजामका कारण राजापुर टप्पुको जनजीवन प्रभावित भएको छ ।
खैरीचन्दपुरलाई राजापुर नगरपालिकामा गाभिनु पर्ने माग राख्दै सोमबार गुलरिया(राजापुर कोठियाघाट स्थानीयले सडक जाम गरेका छन् ।

संर्घष समितिका सदस्य दयाशंकर चौधरीले सीमांकन सिफारिसमा खैरीचन्दनपुर गाविस वडा नम्बर १० अन्तर्गत राजापुरमा राखिएकोमा पुर्नसंरचना सच्च्याएर गेरुवा गाउँपालिकामा गाभिएको विरुद्ध चक्काजाम गरेको बताए । आफ्ना माग प्रति वेवास्ता गरिए कडा संर्घषमा उत्रने चेतावनी संघर्ष समितिले दिएको छ ।

 

तपाईंको बिचार