Wednesday, September 20, 2017

स्वास्थ्यमन्त्री गगन थापा डा. केशीलाई भेट्न शिक्षण अस्पतालमा

प्रकाशित मिति: 2016/11/29

मंसिर १४, काठमाडौं । स्वास्थ्यमन्त्री गगन थापा अनसनरत डा. गोविन्द केसीलाई भेट्न शिक्षण अस्पताल पुगेका छन् । डा. केसी र थापाबीच अहिले भेटवार्ता भइरहेको छ ।
डा. केसी १७ दिनदेखि आमरण अनसनमा छन् । केही दिनदेखि सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच वार्ता पनि चलिरहेको छ । तर, त्रिवि उपकुलपति तीर्थ खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन केशवप्रसाद सिंहलाई बर्खास्त गर्नु पर्ने डा. केसीको मागमा सहमति जुट्न सकेको छैन ।

 

तपाईंको बिचार