Friday, March 24, 2017  |    

नुवाकोटमा स्थानिय तरकारी तथा फलफुल बिक्रीका लागि अनलाईन सपिङको सुरुवात

प्रकाशित मिति: 2016/11/29

मंसिर १४, नुवाकोट । नुवाकोटमा उत्पादित स्थानिय उत्पादन बिक्रीका लागि अनलाईन सपिङ सुरु भएको छ ।
स्थानिय क्षेत्रमा  उत्पादित काउली ,बन्दा, फलफूल लगायत अन्य तरकारी सहित स्थानिय उत्पादनलाई बिक्रीका लागि अनलाईन सेवा सुरु गरिएको हो ।
नुवाकोटको चतुराले गाउँका स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि पर्यटन व्यावसायी बासुदेव पाण्डे र अर्जुन पाण्डेको संयुक्त प्रयासमा अनलाईन सपिङ सुरु गरिएको हो । स्थानिय स्तरमा उत्पादित बस्तु बिक्रीका लागि सुरु गरिएको अनलाईन सपिङका माध्यमबाट उपभोक्ता तथा बिक्रेता दुबै लाभान्वित हुने व्यावसायी बासुदेब पाण्डेले बताउनुभयो ।
शनिबार चतुराले बजारमा नेपाल पर्यटन बोर्डका सदस्य राजेन्द्र प्रसाद सापकोटा र डा. हेलि साओले उक्त अनलाइनको संयुक्त रुपमा उद्घाटन गरेका हुन् । डा. हेली अष्ट्रेलियाको वेस्टर्न सिड्नी युनिभर्सिटीबाट नेपाली संस्कृतिको विषयमा अध्ययन गर्न ६ वर्ष अघि नेपाल आएकी हुन ।

कार्यक्रममा पर्यटन बोर्डका सदस्य राजेन्द्र प्रसाद सापकोटाले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नु नै पर्यटन क्षेत्रको सफलता रहेको बताए ।
त्यस्तै डा. हेली शाओले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्नको लागि मात्रै नभइ चतुरालेको विकासका लागि पनि ‘कल्चरल हेरिटेज’को रुपमा विकास गर्नु पर्ने धारणा राख्नुभयो । उहाँले अनलाईन सपिङको लागि खाका समेत प्रस्तुत गर्नुभएको थियो ।
गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ)का पूर्व अध्यक्ष शिव लामिछानेले नुवाकोट जिल्लाको ऐतिहासिक स्थल चतुराले गाउँलाई पर्यटकिय गन्तव्य बनाउँन अनलाईन सपिङले महत्वपूर्ण भूमिका खेल्ने बताए ।
कार्यक्रममा स्थानियहरुले पञ्चेबाजा, लाखेनाच भजन लगायत सांस्कृतिक प्रस्तुती देखाएका थिए ।

 

तपाईंको बिचार