Friday, April 28, 2017  |    

बाजुराका क्यान्सर पिडीत मल्ललाई आर्थिक सहयोग प्रदान

प्रकाशित मिति: 2016/11/29

मंसिर १४, काठमाण्डौ ।  बाजुराका क्यान्सर पिडित एक युवकलाई उपचारको लागि आर्थिक सहयोग प्रदान गरिएको छ ।
कोरियाको नेपालीहरुको संस्था हाम्रो ईभेन्ट ग्रुपले त्रिचन्द्र क्याम्पसमा अध्ययनरत १८ बर्षिय क्यान्सर पिडित बिनोद मल्ललाई उपचारका लागि आर्थिक सहयोग स्वरुप ६५ हजार संकलन गरि नेपाल पठाएको थियो ।
उक्त रकम सहरी बिकास मन्त्रालयमा एक कार्यक्रमका बिच अर्जुन नरसिंह केसीको हातबाट पिडित मल्ललाई  हस्तान्तरण गरिएको हो ।
सहयोग रकम हस्तान्तरण पछि मन्त्री केसीले बाजुरा जस्तो दुर्गम क्षेत्रका बिपन्न परिवारका रक्त क्यान्सर पिडित मल्ललाई सहयोग पुर्याउने व्यक्ति तथा संघ सस्थालाई धन्यबाद दिनुभयो । साथै उहाँले मल्लको उपचारको लागि सक्दो सहयोग गर्ने बचन समेत दिनुभयो ।
सहयोग संकलनका लागि त्रि –चन्द्र क्याम्पसमै अध्ययनरत ने.बि. संघका नेता दिनेश शाहीले बिशेष पहल गरेका थिए । यसअघि शाहीको व्यक्तिगत पहलमा मल्लको उपचारको लागि बाजुरा देखि काठमाण्डौ सम्म आउने, बस्ने र खाने व्यवस्था मिलाइएको थियो ।

 

तपाईंको बिचार