Wednesday, August 23, 2017

दक्षिण एशियामा राम्रो कानुनी देशको सुचिमा नेपाल पहिलो

प्रकाशित मिति: 2016/11/30

मंसिर १५, काठमाडौं । राम्रो कानुनी राज्य भएको देशहरुको सुचिमा नेपाल दक्षिण एशियामा पहिलो मुलुक बनेको छ । वर्ल्ड जस्टिस प्रोजेक्टले केहिदिन अघि सार्वजनिक गरेको रुल अफ ल इन्डेक्स २०१६को सुचिमा दक्षिण एशिया अन्य देशलाई पछि पर्दै नेपाल पहिलो स्थानमा उक्लिएको हो ।

संसारकै ११३ देस समाबेस उक्त सुचिमा नेपाल ६३ औं स्थानमा पुगेको छ । दक्षिण एशियामा भारत ६६ औँ र श्रीलंका ६८ औँ, बंगलादेश १०३, पाकिस्तान १०६, अफगानिस्तान १११ औँ स्थानमा रहेको छ ।

रुल अफ ल इन्डेक्स २०१६को सुचिमा डेनमार्क,नर्बे,फिनल्याण्ड क्रमसः पहिलो, दोश्रो र तेश्रोमा रहेका छन् ।

तपाईंको बिचार