Wednesday, June 28, 2017  |    

संविधान संशोधनबारे धारणा बनाउन मधेसी मोर्चाको बैठक ३ बजे बस्दै

प्रकाशित मिति: 2016/11/30

मंसिर १५, काठमाडौं । संविधान संशोधन प्रस्ताव दर्ता भएसँगै त्यसबारे धारणा बनाउन मधेसी मोर्चाको बैठक बस्दै छ ।

बैठक तीन बजे तराई मधेस लोकतान्त्रिक पार्टीको कार्यालय विजुलीबजारमा बोलाइएको छ ।
संविधान जारी भएसँगै असन्तुष्ट रहेको मोर्चा संविधान संशोधनका लागि आन्दोलनमा उत्रिएको थियो । मोर्चाले संशोधन प्रस्ताव दर्ता भएपछिमात्र समर्थन गर्ने नगर्ने जनाउँदै आएको थियो ।
सरकारले हिजो संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको छ ।

तपाईंको बिचार