Sunday, March 26, 2017  |    

केसीको अन्य माग पुरा गराउन भुमिका खेल्छु, तर राजिनामा दिन्न :केपि सिंह, डिन आईओएम

प्रकाशित मिति: 2016/11/30

मंसिर १५, काठमाडौं । सरकार र डा. गोविन्द केसीका प्रतिनिधिको वार्ता त्रिवि उपकुलपति तीर्थ खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थानका डीन केशवप्रसाद सिंहको बर्खास्तीमा अड्किएको छ ।

सरकारी वार्ता टोलीले खनियाँ र सिंहलाई बर्खास्त गर्न कानुनी अड्चन रहेको बताएको छ भने डा. केसी यो माग पुरा बर्खास्त नगरेसम्म आमरण अनसन नतोड्ने अडानमा छन् ।
आईओएम डीन सिंहले राजीनामा दिन अस्वीकार गरेका छन् । अन्य नौ माग सरकारसित सम्बन्धित रहेको भन्दै उनले आफ्नो राजीनामाको मागलाई लिएर अड्डी नकस्न अनुरोध गरे ।
वरिष्ठताका आधारमा डीन नियुक्त गर्ने सम्बन्धमा सरकारले त्रि.वि पदाधिकारीसहितको डीन नियुक्त समिति गठन गरिसकेको छ । उक्त समितिले मापदण्ड तय गरेपछि नियुक्त हुने डीन वरिष्ठताको आधारमा नियुक्त हुनेमा कुनै विवाद छैन । समितिले बनाएको मापदण्ड मलाई पनि मान्य हुनेछ । डा. केसीले पनि यसलाई मान्नुपर्छ ।’
उनले डा. केसीका नौवटा मागमा सरकारले काम गरिरहेको भन्दै त्यसलाई संस्थागत गरेर अघि बढ्न सुझाव दिए । डा. एमबीबीएसका विद्यार्थीहरुलाई ३५ लाख बढी शुल्क लिन नपाउने विषयमा हामीले पुरानो व्यवस्थालाई कायम गर्दै परिपत्र समेत गरिसकेका छौं । आइओएमलाई स्वायत्त बनाउन पनि काम गरिरहेका छन् । डा. केसीका माग पुरा गर्न मेरो तर्फबाट पनि प्रयास गरिरहेको छु ।

तपाईंको बिचार