Monday, May 22, 2017  |    

कार्कीविरुद्धको महाभियोग प्रस्ताव सदनमै अड्कियो

प्रकाशित मिति: 2016/12/01

मंसिर १६, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबार व्यवस्थापिका संसदको बैठक अवरोध गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव सदनमै अड्किएको छ। संसदको बिहीबारको बैठकमा महाभियोग प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो। सभामुख ओनसरी घर्तीले महाभियोग प्रस्तावमाथिको छलफलमा भाग लिने सांसदलाई मंगलबार साढे चार बजेसम्म संसद सचिवालयमा नाम टिपाउन रोस्टमबाटै आग्रह गरेकी थिइन्। बिहीबार छलफलमा भाग लिने सांसदले बोलिसकेपछि प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाउने सभामुखको योजना थियो।

प्रमुख प्रतिपक्षी एमालेका एक दर्जन सांसदले मंगलबार सदनको बैठकमा महाभियोग प्रस्तावलाई चाँडो भन्दा चाँडो महाभियोग सिफारिस समितिमा पठाउन माग गरेका थिए। तर बिहीबारको बैठकमा सोही दलका नेताले सदनको कारबाही चलिरहँदा आ–आफ्नो आशनबाट उठेर बैठक अवरोध गराए। बिहीबारको संसदको कार्यसूचीमा संविधान संशोधनको विधेयक राखिएको थिएन।

तपाईंको बिचार