Friday, April 28, 2017  |    

ओलीको प्रचण्डलाई रुखो जवाफ– तपाईको अनुहार पनि हेर्न मन छैन

प्रकाशित मिति: 2016/12/01

मंसिर १६, काठमाडौं । संविधान संशोधनको विरोध गर्दै एमाले सांसदले व्यवस्थापिका संसदमा उभिएर अवरोध गरेका छन ।

सभामुखले बैठक स्थगित भएको घोषणा गर्नासाथ प्रधानमन्त्री प्रचण्ड विपक्षी दलका नेता केपी शर्मा ओली भएतिर अघि बढे । र, त्यहीँ सम्वाद सुरु भयो प्रचण्ड र ओलीबीच ।
आपसमा दुरी बढ्दै गइरहेका बेला ओली र प्रचण्डवीच के कुराकानी भयो ? त्यसबेला नजिकै रहेका एमाले सांसद रविन्द्र अधिकारीका अनुसार प्रधानमन्त्री प्रचण्डले ओलीलाई ‘बसेर छलफल गरौं’ भन्ने प्रस्ताव राखेका थिए ।
तर, एमाले अध्यक्ष ओलीले ‘तपाईसँग बोल्न त के, अनुहार हेर्न पनि मन छैन’ भन्ने रुखो जवाफ दिएका थिए । ओलीले त्यसोभन्दा नजिकै सुनिरहेका सांसदहरु भने हाँसेका थिए ।

लगत्तै प्रधानमन्त्रीले समस्या समाधान गर्न आफू गम्भीर रहेको बताए । जवाफमा ओलीले भने ‘त्यसो हो भने तीनवटै चुनाव गर्न लाग्नुस् ।’

तपाईंको बिचार