Monday, October 23, 2017

यातायात व्यवस्था विभागका कर्मचारी कारवाहीमा

प्रकाशित मिति: 2016/12/02

मंसिर १७, काठमाडों । यातायात कार्यालय गुर्जधारामा खुल्लमखुल्ला भइरहेको घुसखोरी र अनियमिततासम्बन्धि समाचार सार्वजनिक भएपछि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक आँफै गुर्जुधारा पुगेर कार्यालयको अनुगमन गर्नुभएको हो । कार्यालयको अनुगमनपछि सेवाग्राहीको गुनासो सुनेका मन्त्री लेखकले सेवाग्राहीलाई दुःख नहुने गरी काम गर्न कार्यालय प्रमुखलाई निर्देशन दिनुभएको छ ।
कार्यालयमा अनावश्यक मान्छे अर्थात् दलालहरुको प्रवेशले घुसखोरी बढाएको भन्दै दलालहरुलाई कार्यालयमा प्रवेश रोक्नसमेत मन्त्री लेखकको निर्देशन छ ।

घुस खाएका कर्मचारीहरुको कारवाही प्रक्रियाबारे पनि कार्यालय प्रमुखसँग जानकारी लिनुभएको थियो ।
यता घुस्याहा कर्मचारीहरुको समाचार सार्वजनिक भएपछि ८ जना कर्मचारीहरुलाई कारवाही भएको छ । यातायात व्यवस्था कार्यालयले नगद घुस लिएका कर्मचारीहरु विभागमा फिर्ता पठाइदिएको छ । त्यसैगरी नायब सुब्बाहरु, खरिदारलाई सरुवा गरिएको छ । अर्का खरिदारलाई पनि जिम्मेवारीविहीन गरिएको छ । दुई कार्यालय सहयोगीलाई पनि कारवाही भएको छ ।

 

तपाईंको बिचार