Tuesday, June 27, 2017  |    

५ नम्बर प्रदेश टुक्राउने गरी संसोधन प्रश्ताब ल्याईएको विरोधमा बुटवलका व्यवसायी सडकमा

प्रकाशित मिति: 2016/12/02

मंसिर १७, रूपन्देही । पाँच नम्बर प्रदेशको सीमांकन हेरफेर गरी ल्याइएको संविधान संशोधन प्रस्ताव सच्याउन माग गर्दै बुटवलका व्यवसायीहरुले बिरोध प्रदर्शन गरेका छन् ।

विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्नेहरुले शहिद स्मारकमा तोडफोड भएकोमा दुःख व्यक्त गर्दै आन्दोलनलाई व्यवस्थित बनाउन राजनीतिक दलका नेताहरुलाई आग्रह पनि गरे ।
सरकारले ५ नम्वर प्रदेशका पहाडी जिल्लाहरुलाई चार नम्बर प्रदेशमा जोड्ने निर्णय गर्दै संसदमा पेश गरेको प्रस्तावको बिरोधमा बिगत ३ दिनदेखि रुपन्देही जिल्लामा आन्दोलन जारी छ । विहीबार आन्दोलन अराजक बनेको थियो । सत्तारुढ कांग्रेस, प्रमुख विपक्षी एमाले लगायत दलका कार्यकर्ताहरुले शहिद स्मारक तोडफोड गरेका थिए ।

अखण्ड पाँच नम्बर प्रदेशको आन्दोलनलाई निरन्तरता दिँदै शुक्रबार बुटवल उद्योग वाणिज्य संघले राजमार्ग चौराहाबाट र्याली निकालेको छ । र्याली मिलनचोक, अस्पताल लाइन, अमर पथ, हाट बजार, गोलपार्क, बिटीआई हुँदै ट्राफिक चोकमा पुगेर सभामा परिणत भएको थियो ।
र्यालीमा सहभागीहरुले व्यवसायीक एकता कायम गरौं, ५ नम्वर प्रदेशबाट पहाडी जिल्ला अलग हुन नदिऔं, संसदमा पेश भएको संशोधन प्रस्ताव फिर्ता गराऔं, हिमाल, पहाड, तराई बीचको एकता कायम राखौं जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

 

तपाईंको बिचार