Monday, October 23, 2017

नाष्टले प्रविधि विकासलाई प्राथमिकतामा राख्नुपर्छ :प्रधानमन्त्री

प्रकाशित मिति: 2016/12/02

मंसिर १७, काठमाण्डौ । प्रधानमन्त्री एवम् नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)का कुलपति पुष्पकमल दाहालले नाष्टले प्रविधि विकासको प्राथमिकतामा उल्लेखनीय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
शुक्रबार ललितपुरमा बसेको नास्टको ३९ औं बैठकमा उनले नास्टको विकासका लागि पुरक बजेटमार्फत् बजेट वृद्धि गरिने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री दाहालले नाष्टले गर्ने हरेक अनुसन्धान परिणाममुखी हुनुपर्नेमा पनि जोड दिए ।
बैठकले विगत दुई दशकदेखि वन, वातावरण, वन्यजन्तुको सुरक्षित बासस्थानको व्यवस्था, प्रकृति, सिमसार क्षेत्र तथा जैविक विविधताको क्षेत्रमा योगदान र्पुयाएबापत विसं २०७३ को प्रकृति संरक्षण पुरस्कार झापा कन्काईस्थित जामुनबारी सामुदायिक वन उपभोक्ता समूहलाई प्रदान गरिने निर्णय गरेको छ । नाष्टद्वारा प्रदान गर्ने उक्त पुरस्कारको राशि २ लाख रहेको छ ।

यसैगरी  १ लाख राशिको विज्ञान पुरस्कार डा मनोजकुमार यादवलाई प्रदान गर्ने निर्णय भएको छ । पहिलोपटक घनत्व कार्यात्मक सिद्धान्त प्रकाशित गरी योगदान र्पुयाएबापत उनलाई उक्त पुरस्कार प्रदान गर्न लागिएको नास्टका उपकुलपति प्रा डा. जीवराज पोखरेलले बताए ।

त्यस्तै रु एक लाख राशिको प्रविधि पुरस्कार डा सुरेन्द्रलाल श्रेष्ठलाई, ७५ हजार राशिको विज्ञान तथा प्रविधि युवा पुरस्कार पाँच जनालाई प्रदान गर्ने निर्णय भएको नाष्टले जनाएको छ । उक्त पुरस्कार पाउनेमा पाल्पाका सन्तोष नेपाल, दार्चुलाका डा खेमराज जोशी, झापाका डा सन्तोष दुलाल, सिन्धुपाल्चोकका डा उर्मिला प्याकुरेल र सप्तरीका डा रामदेवी तचामो शाह रहेका छन् ।

त्यस्तै प्रज्ञा प्रतिष्ठान तथा प्रविधि प्रवद्र्धन पुरस्कार दुई जनालाई प्रदान गर्ने भएको छ । जनही पचास हजार राशिको उक्त पुरस्कार पाउनेमा महिला स्वास्थ्य स्वयम्सेवीका कार्यक्रम, परिवार स्वास्थ्य महाशाखा नेपाल र ताप्लेजुङ्गका श्री रामचन्द्र अधिकारी छन् ।

‘द वल्र्ड एकेडेमी अफ साईन्सेस’ पुरस्कार रसुवाका डा सरस्वती आचार्यले प्राप्त गर्ने भएकी छिन् । उक्त पुरस्कार एक लाख नौ हजार राशीको छ ।

यसैगरी नविल विज्ञान तथा प्रविधि पुरस्कार चार जनाले प्राप्त गर्ने भएका छन् । पुरस्कार पाउनेमा ओखलढुङ्गाका प्रा.डा टङ्कनाथ धमला, मोरङका डा हरिप्रसाद अर्याल, काठमाडौँका प्रा.डा कृष्णदास मानान्धर र ललितपुरका प्रा.डा सिर्जनलाल श्रेष्ठ रहेका छन् । पुरस्कारको राशि जनही  एकलाख २५ हजार रहेको छ ।

नास्टले प्रदान गर्न लागेको दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार दुई जनाले प्राप्त गर्ने छन् । जनही पच्चीस हजार रहेको उक्त पुरस्कार पाउनेमा त्रिभुवन विश्वविद्यालय जैविक प्रविधि विज्ञान केन्द्रीय विभागका श्री विमला ढकाल र प्राणीशास्त्र केन्द्रीय विभागका श्री श्यामकुमार पुन रहेका छन् ।

 

तपाईंको बिचार