Friday, November 24, 2017

आइओएम डिन केपी सिंहद्वारा राजीनामा

प्रकाशित मिति: 2016/12/02

मंसिर १७, काठमाडौं । चिकित्सा शिक्षा अध्ययन संस्थान (आइओएम)का डिन केपी सिंहले राजीनामा दिएका छन् ।
डिन सिंहले त्रिभुवन विश्वबिद्यालयका उपकुलपति तीर्थ खनियासमक्ष आज राजीनामा दिएका हुन् ।
त्रिभुवन विश्वविद्यालयले उनलाई बीस दिनअघि आइओएमको डिनमा नियुक्त गरेको थियो ।
त्रिविले सिंहलाई डिन नियुक्त गरेकै दिन शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक गोविन्द केसीले उनलाई बर्खास्त गर्नुपर्ने मूख्य मागसहित आमरण अनसन बसेका थिए ।

 

तपाईंको बिचार