Sunday, December 17, 2017

संबिधान संसोधन प्रश्ताब रहस्यपुर्ण छ, पारित हुन दिन्नौ :योगेश भट्टराई

प्रकाशित मिति: 2016/12/02

मंसिर १७, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले संविधान संशोधन विधेयकको पक्षमा संसदमा दुई तिहाई पुग्न नदिने बताएको छ ।
एमाले सचिव योगेश भट्टराईले जनशक्तिको बलमा बिधेयक फिर्ता लिन सरकारलाई बाध्य पार्ने दाबी गरे ।
एमालेले प्रदेश नम्बर ५ को सीमांकन हेरफेर गर्ने गरी आएको संशोधनविरुद्ध जारी आन्दोलनलाई शान्तिपूर्ण र संयमित बनाउन भातृ संगठन र कार्यकर्तालाई निर्देशन दिएको छ । भट्टराईले ५ नम्बर प्रदेशमा जनताको स्वस्फूर्त आन्दोलनलाई व्यवस्थित बनाउन पार्टीले पहल गरेको समेत बताए ।
आन्दोलनका क्रममा सकेसम्म बन्द हड्ताल नगर्ने र जनजीवनलाई सामान्य बनाइराख्ने नीति रहेको भट्टराईले बताए ।

प्रदर्शनका क्रममा व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको सुरक्षामा विशेष ध्यान दिने र जातीय साम्प्रदायिक भौगोलिक एकताप्रति संवेदनशील हुन आफुहरुको निर्देशन रहेको उनले बताए ।
संविधान संशोधन विधेयकमा स्वयम सत्तारुढ दलका सांसद र मधेसी मोर्चा समेत सहमत नभएको भन्दै भट्टराईले कसका लागि ल्याइयो भन्ने थप रहस्य बनेको बताए । नेपालको ऐतिहासिक संविधानसभाबाट निर्माण भएको संविधानलाई स्वागतको एक शब्द व्यक्त नगर्ने तर नेपाल राष्ट्र र नेपाली जनताका विरुद्ध दर्ता भएको संसोधन बिधेयकप्रति भने प्रसन्नता व्यक्त गर्ने भारतीय सत्तापक्षको व्यवहारले यो बिधेयकको उत्पतिको वास्तविकता सजिलै बुझ्न सकिने उनले बताए ।
 

 

तपाईंको बिचार