Friday, March 24, 2017  |    

सिपी मैनालीले प्रधानमन्त्रीलाई ‘बहुला कुकुरले टोकेको’ भनेपछि संसदमा हंगामा

प्रकाशित मिति: 2016/12/02

मंसिर १७, काठमाडौं । नेकपा मालेका सांसद सीपी मैनालीले संविधान संशोधन विधेयकको विरोध गर्ने क्रममा प्रधानमन्त्रीलाई ‘बहुला कुकुरले त टोकेको’ छैन भनेपछि संसदमा हंगामा भएको छ ।
व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा विशेष समय लिएर बोल्दै माले महासचिव मैनालीले संशोधनको विरोध गरे । उनले दुई राष्ट्रलाई मान्यता दिने गरी संशोधन ल्याएको भन्दै कतै प्रधानमन्त्रीलाई बहुला कुकुरले त टोकेन ? भनेर प्रश्न गरे ।
लगतै कांग्रेस सांसद रामहरि खतिवडाले मैनालीको अभिव्यक्तिप्रति नियमापत्ति जनाए । यो शब्द संसदीय मर्यादा विपरित भएको भन्दै संसदको रेकर्डबाट तत्काल हटाउन माग गरे ।

र, सत्तारुढ दलका सांसदले समर्थन गर्दै हो हल्ला गरे । बोलिरहेका मैनालीले यसलाई सच्याउन खोजे । तर, फेरि त्यही शब्द दोर्होयाउनु पुगे । र, संसदमा हो हल्ला चलिरहृयो ।
लगतै सभामुख ओनसरी घर्ती मगरले यो शब्द रेकर्डबाट हटाउन आदेश दिइन् । र, प्रक्रिया अघि बढ्यो ।
तर, विपक्षी दलका सांसदहरुले संशोधनको विरोध गर्दै शुक्रबार पनि संसद बैठक अवरुद्ध पारेका छन् ।

 

तपाईंको बिचार