Wednesday, June 28, 2017  |    

नेपालको शान्ति प्रक्रिया बिश्वमै उत्कृष्ट :प्रधानमन्त्री

प्रकाशित मिति: 2016/12/06

मंसिर २१, काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको शान्ति प्रक्रियाको सफलताका लागि युरोपेली सङ्घले खेलेको भूमिकाका लागि सङ्घलाई धन्यवाद दिनुभएको छ ।
नेपालस्थित सङ्घका राजदूत रिन्चे टिरिङसँग प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार भएको भेटवार्तामा उनले भूकम्पपछिको पुनःनिर्माण एवम् विकासका क्षेत्रमा गरेको सहयोगको पनि प्रशंसा गरे ।
भेटमा राजदूत टिरिङले नेपालको शान्ति प्रक्रिया विश्वमै मौलिक भएको र यसबाट विश्व समुदायले सकारात्मक शिक्षा लिन सक्ने बताउँदै नेपालको संविधान कार्यान्वयन सफलतापूर्वक अगाडि बढ्नेमा संघ विश्वस्त रहेको बताएका थिए ।

 

तपाईंको बिचार